Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

२५, आषाढ २०७७
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि
images

काठमाडौं । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड(१९ का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा लमजुङका ५, कास्की, नवलपारासी पूर्व सुस्तामा ४/४, गोरखा, म्याग्दीका २/२ र तनहुँका १ जना रहेका छन् ।

नवलपरासी पूर्व सुस्ताका संक्रमितलाई आइसोलेसन कक्षमा राखिएको छ । अन्य जिल्लाका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । प्रदेशमा अहिलेसम्म ३ सय ८६ जना संक्रमण मुक्त भएका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १४:४६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology