Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एन्फाको क्वारेन्टिनमा बस्ने ४ जनालाई कोरोना संक्रमण

एन्फाको क्वारेन्टिनमा बस्ने ४ जनालाई कोरोना संक्रमण

दैनिकी न्यूज

२५, आषाढ २०७७
एन्फाको क्वारेन्टिनमा बस्ने ४ जनालाई कोरोना संक्रमण
images

ललितपुर । ललितपुरको सातदोबाटो स्थिति अखिल नेपाल फुटबल संघ (एन्फा) को क्वारिन्टनमा बस्ने ४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना टेकु हस्पिटलको आइसोलेसनमा उपचाररत छन् ।

हेर्नुहोस सूचि
१.ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ७ डुपाट टोल घर भई एन्फाको क्वारिन्टिनमा बसेका ३२ वर्षका पुरुष रहेका छन् । उनी कुवेतबाट असार ११ गते नेपाल आएका थिए ।

२. ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं. १२ ठेचो घर भई हाल एन्फा क्वारेन्टिनमा बस्ने २४ वर्षका पुरुष रहेका छन् । उनी असार १३ गते मलेसियाबाट नेपाल आई एन्फा क्वारिन्टिनमा बस्दै आएका थिए ।

३. तनहुँ जिल्ला कोटबैरी गाउँपालिका वडा नं. ७ घर भई हाल एन्फाको क्वारिन्टिनमा बस्ने २७ वर्ष का पुरुष रहेका छन् । उनी असार १० गते माल्दिभबाट नेपाल आई एन्फाको क्वारिन्टिनमा बसेका थिए ।

४.सुनसरी जिल्ला बराहा नगरपालिका वडा नं.८ घर भई हाल एन्फाक्वारिन्टिनमा बस्ने ४७ वर्षका पुरुष रहेका रहेका छन् । उनी असार १६ गते कुवेतबाट नेपाल आई एन्फाको क्वारिन्टिनमा बसेका थिए ।

 

 

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - ०९:१४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology