काठमाडौं । सत्तारुढ दल नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक शुक्रबार (असार २६ गते) ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका हुन् । पार्टी भित्र देखिएको असमझदारी हटाउन अध्यक्षा द्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएको हो ।
पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
आज पनि पार्टी अध्यक्ष ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल गर्दै छन् ।