Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रातको समयमा सटर फोडी सुनचाँदी पसल चोरी गर्ने गिरोह पक्राउ

रातको समयमा सटर फोडी सुनचाँदी पसल चोरी गर्ने गिरोह पक्राउ

दैनिकी न्यूज

२३, आषाढ २०७७
रातको समयमा सटर फोडी सुनचाँदी पसल चोरी गर्ने गिरोह पक्राउ
images

काठमाडौं । रातको समयमा सटर फोडी सुनचाँदी पसल चोरी गर्ने तीन जना प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा–२ घर भएका वर्ष ३७ का सुमित भन्ने गङ्गा बहादुर तामाङ, महोत्तरी जिल्ला बर्दिबास–४ का ४५ वर्षका बुद्ध बहादुर माझी र उदयपुर जिल्ला रामपुर–३ का वर्ष ४९ का विक्रम भन्ने जंग बहादुर माझी रहेका छन् ।
.
यस्तो छ घटना विवरण
विगत केही समयदेखि रातको समयमा काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुनचाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाइ साईकल लिई बिभिन्न सुनचाँदी पसलहरुको हप्तादिन सम्म रेकि गरी बिशेषतः रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोडी चोरी गर्ने गिरोहले मोटरसाइकलको प्रयोग गरी २०७६ फागुन १८ गते गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट स्थित दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको १ किलो १५० ग्राम बराबरको सुनका गरगहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गरगहनाहरु र नगद समेत गरी जम्मा रु. ८५ लाख ५० हजार ६ सय ४२ बराबरको चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा अपराध महाशाखाबाट खटि गएको बिशेष टोलीले २०७७ असार २१ गते जिल्ला नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु
 घटनास्थल पसल भित्र रहेको CCTV को DVR समेत निज प्रतिबादीहरुले बोकी लगेको ।
 दुईवटा समुहले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुन: भेला जम्मा भई जेल छुट भएको एक महिना नबित्दै नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै घटना घटाएको देखिएको ।
 चोरी कार्य छोडी डण्डी फर्मा,लेबर काममा लागेका,सुध्रिएर बसेका आफ्ना पुराना म्यादीहरुलाई कन्भिन्स गरी पुन: चोरी कार्यमा लगाई कम पैसामा काम लगाएको देखिएको ।
 चोरी गर्ने चोरहरुको उमेर समुह हेर्दा ५०/५५ बर्षको पुराना चोरहरुले २०/२१ बर्षको चोरलाई समेत प्रयोग गरेको देखिएको ।
 चोरी गरेका सामानहरु मुख्य नाईके भारतीय मुलका रहेका एकजना चोरले बेचबिखन गरी फरार रहेको देखिएको ।

 

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १४:५०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology