Logo

सोमवार, श्रावण २५ गते २०८३

images

११ वर्षदेखि फरार कुख्यात अभियुक्त बैठा पक्राउ

११ वर्षदेखि फरार कुख्यात अभियुक्त बैठा पक्राउ

दैनिकी न्यूज

२२, आषाढ २०७७
११ वर्षदेखि फरार कुख्यात अभियुक्त बैठा पक्राउ
images

बारा । विगत ११ वर्षदेखि फरार अभियुक्त तिलक भन्ने नन्दु बैठा पक्राउ परेका छन ।

वैठा आफ्नो घरमा लुकीछिपी बसेको विशेष सुराकीको आधारमा आज विहान जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बारामा मुलतबि रहेको मुद्धाका फरार रहेका बैठाले शिक्षक प्रदिप कुमार तिमिल्सीनाको हत्यामा संलग्न अभियुक्त मध्ये मुख्य अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यस्तो छ घटना विवरणः
२०६६ साल बैठक १७ गते बिहानको समयमा जिल्ला बारा साबिक फेटा गाविस वडा नं. १ रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विधालयबाट घर फर्किने क्रममा तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गर्दा शिक्षक तिमल्सिनाको घटनास्थनमा नै मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त बैठा हालसम्म फरार रहेका थिए ।

दुई जना जेल, बैठा फरार थिए
बारा जिल्ला गंजभवानीपुर वडा नं. ३ बस्ने सुनिल जैसवाल (अग्नि) लाई २०७० साउन २४ गते र फेटा–१ बस्ने बिजय पटेललाई २०७३ पुस ५ गते पक्राउ गरी अनुसन्धान पश्चात बारा जिल्ला अदालतमा पेश गरिएकोमा जैसवाललाई सर्वस्वसहित जन्म कैद हुने ठहरी फैसला भएको र बिजय पटेल मुद्दा पुर्पक्षमा कारागार कार्यालय बिरगंजमा रहेका छन् । बैठा कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त बैठा हालसम्म फरार रहेका थिए ।

 

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - २१:२४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology