काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तसर्थ ती प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷ पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार २१ गते (आइतबार)
दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार २२ गते (सोमबार)
दिउँसोः देशभर अधिकांश बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमति प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार २३ गते (मंगलबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।