ललितपुर । ललितपुरको दक्षिणी गाउँमा पनि कोरोना देखिन थालेको छ । वागमती गाउँपालिकाको ४ नम्बर वडामा एक १४ वर्षीय बालिकामा कोरोना देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
बिहीबार उच्च ज्वरो आएर प्युटार स्वास्थ्य चाकी हुँदै काठमाडौं ल्याइएकी ती बालिकाको स्वाव परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले दैनिकीन्युजलाई जानकारी दिए ।
गाउँमै रहेकी ती बालिकामा कोरोना कहाँबाट सरेको हो खुल्न सकेको छैन । कतै घुमफिर नगरेकी बालिकामा कोरोना देखिएपछि फेरि परीक्षण गर्न स्वाब लिएको डा. गेलालले बताए ।
उनलाई गाउँबाट तीव्र ज्वरोकै कारण निमोनिया भएर काठमाडौं पठाएको् प्युटारका एक स्थानीयले बताए । ज्वरो आएको हो, गाउँका कोही पनि कतै नगई कसरी कोरोना संक्रमण हुन सक्छ ? ती स्थानीयले भने, ‘यदि संक्रमण भएको हो भने त्यसले भयावह रुप लिनेछ ।’
गाउँमा अहिले अविरल वर्षाका कारण सडकमार्गसँगको सम्बन्ध विच्छेद भएको छ ।