Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क सेनिटरी प्याड वितरण गर्ने, क्वारेन्टिनमा डिसहोम

कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क सेनिटरी प्याड वितरण गर्ने, क्वारेन्टिनमा डिसहोम

दैनिकी न्यूज

१३, आषाढ २०७७
कोन्ज्योसोम गाउँपालिकाले निःशुल्क सेनिटरी प्याड वितरण गर्ने, क्वारेन्टिनमा डिसहोम
images

ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योेसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका भित्रका आम महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गरी प्रजनन उमेर समूहका महिलाहरुलाई निःशल्ुक सेनेटरी प्याड वितरण गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले असार १० गते आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रजनन् उमेर समूहदेखि ५० वर्ष उमेर समूहका महिलालाई निःशुल्क वितरण गर्ने घोषणा गरेका हुन् ।

गाउँपालिका भित्रका महिलाहरुमा बढी देखा पर्ने पाठेघरको क्यान्सको रोकथाम तथा उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने, नेपाल सकारबाट निःशुल्क वितरण हुँदै आएका ३५ थरीको औषधीको दायरा फराकिलो पार्दै थप औषधी वितरण गर्ने, रेविज रोगको रोकथामको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको फ्रिजको व्यवस्था गरी रेविज विरुद्धको भ्याक्सन उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘जनताको समस्या अध्यक्षबाट हुन्छ समाधानः सिधा राखाँै गुनासा हुन्न कुनै व्यवधान’ भन्ने नारालाई सार्थक तुल्याउन जनगुनासो प्रभावकारी रुपमा व्यवस्थापन गरी नागरिक सन्तुष्टि सर्वेक्षण कार्यको शुरुआत गरिने जनाइएको छ ।

गाउँपालिका भित्र फिल्डमा खटिने इञ्जिनियर, सबइञ्जिनियर र अशिष्टेन्ट इञ्जिनियरलाई आगामी आ.व.देखि फिल्ड भत्ता, बजेट किताव स्थानीय राजपत्रका प्रकाशित गरी सर्वशुलभ रुपमा उपलब्ध, गाउँपालिकाको सबै वडाहरुमा इन्टरनेटको पहुँच विस्तार, पशु सेवामा संलग्न स्वस्यकर्मीको वार्षिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमै चौघरे लिफ्टीन खानेपानी आयोजनको कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षमा कोञ्ज्योसोम प्रतिमा गुप्तेश्वर महादेव मन्दिर लिफ्टीन खानेपानी आयोजनाको कार्र्यलाई पनि अघि बढाइने बताइएको छ ।

कोञ्ज्योसोमले लिफ्टिन प्रविधिमार्फत ठोस्ने र नल्लु खोलाको पानी सिंचाई सुविधाको व्यवस्था गरी १२ महिना खेती गरिने, एक वडा एक खेलकुल मैदानको अवधारणालाई सार्थक बनाउन खेलकुल मैदान, गाउँपालिका भित्र भइरहेको अव्यवस्थित मदिरा उत्पादन, बेचबिखन र त्यसले निम्त्याएको सामाजिक समस्यालाई व्यवस्थापन र नियन्त्रण गर्न चाडपर्व, शुभकार्य, जन्म र मृत्यु संस्कार बाहेक यी वस्तुको उपभोगमा यथाशिघ्र कार्यविधि बनाई नियन्त्रण गरिने भएको छ ।

तामाङ सांस्कृतिक भिलेजको अवधारणा विकास गरी त्यसलाई मूर्त रुप दिने, सामुदायिक विद्यालयहरुमा तामाङ भाषा पठनपाठन हुने व्यवस्था मिलाउने, झोलुङ्गे र मोटरएवल पुल, सडक वा पूर्वाधार निर्माणका क्रममा वन फडानी भई हुन सक्ने वातावरणीय क्षतिलाई न्यूनिकरण गर्न एक रुख बराबर पाँच बिरुवा, एलानी र प्रति जग्गाको अभिलेखिकरण गरी संरक्षण र समुचित उपभोग गर्न तर्फ पहल गरिने भएको छ ।

कोञ्ज्योसोमले व्यवस्थित रुपमा विकास तथा उपयुक्त स्रोत साधनको परिचालन गर्न डिजिटल भिलेज प्रोफाइल तयार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिने, गाउँपालिका वा वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा दण्डीत र पुरस्कृत गरिने जानकारी गराएको छ ।

कोञ्ज्योसोमले शिक्षामा जोड दिन प्रत्येक वडा तथा सामुदायिक विद्यालयहरुमा बालमैत्री शासनको अवधारणा अनुरुप बालक्लबहरु तथा बालक्लब सञ्जालहरु गठन र पुर्नगठन गर्ने, गाउँपालिकामा खटिने महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन स्वरुप यातायात खर्च, आयुर्वेद चिकित्सकको पद्र्धती, ध्यान र योगलाई स्वास्थ्य उपचारको सहयोगी माध्यम बनाउन प्रोत्साहित गर्दै ध्यान तथा योग केन्द्रको स्थापना गर्न पहल गरिने जनाइएको छ ।

क्वारिन्टिनमा डिसहोम जडान
विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) महामारीको सावधानीका लागि गाउँपालिकाले पाँचै वडाहरुमा निर्माण गरिएको क्वारेन्टिनमा बस्ने व्यक्तिहरुलाई समय कटाउन र मनोरन्जनका लागि ५ वटैवडामा रहेका क्वारेन्टिनमा डिसहोम र टिभीको व्यवस्था गरेको अध्यक्ष सिङ्तानले जानकारी दिए । गाउँपालिकाले वडा नं १ चौघरेमा १० बेड र अन्य चार वडाहरुमा ५/५ बेडको सफा र सुविधासम्पन्न बेड निर्माण गरेको छ। क्वारेन्टिाइनमा विभिन्न खाडी तथा अन्य राष्ट्रबाट फर्केका ८ जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रममको पूर्ण पाठ

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १२:१५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology