ललितपुर । बागमती गाउँपालिकाको सातौ अधिवेशनबाट आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । असार ९ गते गाउँपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । त्यसपछिको सत्रमा कार्यपालिका सदस्यहरुले प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए । पालिका उपाध्यक्ष रञ्जना घिमिरेले बजेट प्रस्तुत गरेकी थिइन ।
मंगलबारसम्पन्न भएको सातौं गाउँसभाले ४२ करोड ५६ लाख रुपैयाँ बजेट प्रस्तु गरिएको छ । गाउँपालिकाको वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट ७ करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, शशर्त अनुदान तर्फ संघीय सरकारबाट १९ करोड ५२ लाख, प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ ।
त्यस्तै राजश्वबाट संघीय सकारबाट ५ करोड १३ लाख, प्रदेश सरकारबाट १ करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट ५ करोड ६३ लाख र रजिष्ट्रेशन दस्तुरबापत ५० लाख आम्दानी हुने गाउँपालिकाको प्रक्षेपण छ ।