Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट

नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट

दैनिकी न्यूज

६, आषाढ २०७७
नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोस्थित बि एण्ड बि अस्पतालको गेट अगाडिबाट ललितपुर महालक्ष्मी नगरपालिकावडा नं. १ ईमाडोल बस्ने ६५ वर्षीया महिलाको ३ आनाको तिलहरी १ थान, ८ आनाको कानको मुन्द्रा १ जोर र नगद १ हजार रुपैयाँ शुक्रबार दिउँसो लुटपाट भएको छ ।

अपरिचित २ जना व्यक्तिहरुले फ्रुटीमा नशालु पदार्थ मिसाई खुवाई लठ्ठ बनाए पश्चात उक्त लुटपाट गरेको बताइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले बताए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १९:२९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology