ललितपुर । ललितपुरको पाटन हस्पिटलको कोभिड वाडमा २५ जना कोरोना संक्रमति छन् ।
संक्रमितहरुमा भक्तपुर चाँगुनारायणमा बस्दै आएका ३२ र भक्तपुरकै भोलाछेंनमा बस्ने २२ वर्षीय पुरुष, काठमाडौंकी एक २४ वर्षीया महिला, काठमाडौंकै कोटेश्वर बस्ने ३४, गौशालामा बस्दै आएकी २७, कोलोपुल बस्ने ४८ वर्षीया महिलाको उपचार भइराखेको छ।
त्यसैगरी नयाँ बानेश्वरका ५२ वर्षीय पुरुष, काठमाडौं मुलपानीकी ३६, काठमाडौं खुसीबुमा बस्दै आएकी ६४ र ललितपुर हरिसिद्धिकी ४० वर्षकी महिला उपचारत छन्।
यस्तै सर्लाही घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिला, सर्लाहीका ५७ वर्षीय पुरुष, रामेछाप लिखु तामाकोशीका २६ वर्षीय पुरुष, धादिङ निलकण्ठका ३२ वर्षीय पुरुष, धादिङकै ३५ वर्षीया महिला, चितवन रत्ननगरका ४९ वर्षीय पुरुष, चितवनकै २७ वर्षकी महिला, सिन्धुलीकी २३ वर्षकी महिला, मकवानपुरका ३७ र ३८ वर्षीया महिला, सिन्धुपाल्चोककी २२, २४ र ३२ वर्षीया महिला, मोरङकी र उदयपुरकी ३२ वर्षीया दुई महिलाको उपचार भइरहेको पाटन हस्पिटल स्रोतले बतायो ।