Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा ८ जना सहित ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ८ जना सहित ३३१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, आषाढ २०७७
काठमाडौं उपत्यकामा ८ जना सहित ३३१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो, जसमा पुरुष ७ हजार ८४९ र महिला ७५६ जना रहेका छन् ।

नयाँ थपिएका संक्रमित डोटी ६१, नवलपरासी पूर्व ३२, महोत्तरी २४, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८, डडेलधुरा १२, झापा १, सुनसरी २, मोरङ ८, सर्लाही ९, बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २, रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७, रुकुम पश्च‍िम १, दाङ ४, प्यूठान ८ जना रहेका छन् । 

हालसम्म १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ ।  हालसम्म ७४ जिल्लामा संक्रमण फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १६:२९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology