काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सोमबार एकै दिन अहिले सम्मैकै धेरै जना संक्रमित थपिएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र ३५ महिला रहेका छन् ।
यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो । जम्मा संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जना, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धादिङका नाै जना, गुल्मीका सात, तनहुँ र बाँकेका पाँच/पाँच जना, धनुषा, सिराहा, रोल्पा र डोटीका चार/चार जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम तीन/तीन जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।