काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार १ गते (सोमबार)
दिउँसोः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार २ गते (मंगलबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार ३ गते (बुधबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरीसहित वर्षाको संभावना रहेको छ।
रातीः पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।