काठमाडौँ । आइतबार एकै दिन ४ सय २५ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टमा देशभर ४२५ कोरोना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
४२५ जना संक्रमित थपिए संगै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका मध्ये ३७५ पुरुष र ५० महिला रहेका छन् ।
मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासी पूर्वका २, बझाङका ५, डडेल्धुराका २७, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुम पश्चिमका १, प्यूठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, नवलपरासी पूर्वका २, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९, सिन्धुलीका १, धादिङका २५ र रुकुम पूर्वका ७३ जनालाई कोरोना पुष्टि भएको छ ।
देशभर संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष छन् भने ४३६ महिला रहेका छन् । हालसम्म देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या भने ९७४ रहेको छ, जसमा पुरुष ८७७ र महिला ९७ रहेको छ । आज ६१ जना डिस्चार्ज भएका छन् । पुरुष ५५ र महिला ६ जना रहेका छन् ।
देशभर हालसम्म १ लाख ३३ हजार ३७७ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १० हजार ७२१ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वारेन्टाइमा १ लाख ४३ हजार ६४१ मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४ हजार ७६७ कोरोना संक्रमित रहेका छन् । आज रुकुम (पूर्व) मा कोरोना भाइरसको विरामी देखिएको छ । योसँगै कोरोना ७३ जिल्लामा फैलिएको छ ।
क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उनी भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बसेका हुन् । उनको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।