Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालबाट विहानै डाक्टरले यसरी चोरे मेसिन

पाटन अस्पतालबाट विहानै डाक्टरले यसरी चोरे मेसिन

दैनिकी न्यूज

२८, जेठ २०७७
पाटन अस्पतालबाट विहानै डाक्टरले यसरी चोरे मेसिन
images

ललितपुर । ललितपुरको पाटन अस्पतालबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा प्रहरीले एक डाक्टर सहित अर्का एकजनालाई पक्राउ गरेको छ ।

१७ जेठमा अस्पतालको आइसियुमा जडान गरिएको मेसिन मर्मत गर्न आएको भन्दै ती दुईजनाले महत्वपूर्ण सामाग्री चोरी गरेको परिसरका एसपी तथा प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए । चोरीमा संलग्न डाक्टर र अर्का एकजनालाई प्रहरीले बुधबार पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका १ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय प्रवीन मिश्र र महोत्तरीको बर्दिबास नगरपालिका १३ बस्ने २० वर्षीय रमेश कुमार शर्मा छन् । मिश्र एमबिबिएस डाक्टर रहेको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । शर्मा भने अहेब हुन् ।

लगनखेलस्थित पाटन अस्पतालको आइसियू कक्षमा बिहान ८ बजेर ३३ मिनेट जाँदा दुई व्यक्ति भित्र छिरेका थिए ।
पोर्टेवल अल्ट्रासाउन्ड मेसिन मर्मत कम्पनीबाट आएको बताएर उनीहरु सरासर आइसियु कक्ष पुगेर सो मेसिनका महत्वपूर्ण पाटपुर्जा चोरी गरेका थिए ।
२० लाख ७९ हजार ८ सय ७ रुपैयाँमा खरिद गरेको अल्ट्रासाउन्ड मेसिनको महत्वपूर्ण पार्टपुर्जा चारेपछि दुईजनै सामान्य ढंगले बाहिरिएका थिए । तर, अस्पतालले विरामीको उपचार गर्न अल्ट्रासाउन्डको प्रयोग गर्न खोज्दा नचलेपछि बल्ल सामान चोरी भएको खुलेको थियो ।
पाटपूर्जा हराएपछि अस्पताल प्रशासनले महानगरीय प्रहरी परिसर ललितपुरमा सोही दिन उजुरी दिएको अस्पतालका उपकुलपति डा. भरत यादवले जानकारी दिए । अस्पतालको उजुरीको आधारमा अनुसन्धान थालेको प्रहरीले अस्पतालमै जडान गरिएको सिसी टिभी फुटेजको माध्यमबाट चोर्ने कार्यमा रहेका डाक्टर पहिचान गरी पक्राउ गरेको हो।

उनीहरुलाई ललितपुर प्रहरीले बुधबार काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरीको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको हो। सो मेसिनका पार्टपूर्जाहरु समेत नयाँबानेश्वरस्थित मिश्रको डेरामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - २१:००:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology