Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मन्त्रीपरिषद् बैठकले लकडाउनबारे नयाँ निर्णय गर्दै, संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

मन्त्रीपरिषद् बैठकले लकडाउनबारे नयाँ निर्णय गर्दै, संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

दैनिकी न्यूज

२८, जेठ २०७७
मन्त्रीपरिषद् बैठकले लकडाउनबारे नयाँ निर्णय गर्दै, संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
images

काठमाडौं । स्वतःस्फुर्त रुपमा लकडाउनको अवज्ञा हुन थालेपछि सरकारले आज (बुधबार) लकडाउनको नयाँ मोडालिटी तय गर्ने भएको छ । त्यसबारे निर्णय गर्न दिउँसो २ बजे मन्त्रीपरिषद् बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार लकडाउनलाई केही खुकुलो पार्न सक्ने संभावना छ तर, दैनिक रुपमा संक्रमित बढ्न गएकोले कसरी खुकुलो पर्न सकिन्छ भन्ने मोडल तय क्याविनेट बैठकले गर्नेछ ।
मन्त्रीपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तय भएको छ । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधरी न्यौपानेले दिएको जानकारी अनुसार संसद बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
सोमबार र मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोना संक्रमणको नियन्त्रण गनृ सरकार असफल रहेको, क्वारेन्टिनमा बसेकाहरुको परीक्षण नभएको भन्दे सरकारको जवाफ माग गरेका थिए ।
प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् । त्यसपछि मन्त्रीपरिषद् बैठक बसेर लकडाउनबारे नयाँमोडालिटी तय हुनेछ ।

आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने ती मन्त्रीले जानकारी दिएका छन्।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ०९:४८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology