Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण

सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२६, जेठ २०७७
सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण
images

काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । 

सोमबार थप भएका झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौतहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९७१ परीक्षणहरु गरिएका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र स्याङ्जामा एक/एक गरी १४ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १६:४३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology