Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह

अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह

दैनिकी न्यूज

२४, जेठ २०७७
अधिकांश स्थानमा वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ २४ गते (शनिबार)

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली  तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः  प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली  तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको   सम्भावना रहेको छ। 

जेठ २५ गते (आइतबार)

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ  । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा,गण्डकी प्रदेश, प्रदेश ५ र २ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

जेठ २६ गते सोमबार)

दिउँसोः प्रदेश १, गण्डकी, बागमती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश, प्रदेश १ र २  मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरुमा अनि बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०७:३६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology