रौतहट । बुधबार रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाउँबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शवबरामद गरेको छ ।
चन्द्रपुर–१० बाल्चनपुर स्थित घाघी खोला किनारमा चिता बनाई जलाउन लागेको अवस्थामा अन्दाजी २६ बर्षिय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सुचनाका आधारमा प्रहरीले शव बरामत गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेम बहादुर शाहीले जानकारी दिए ।
मृतक महिलाका श्रीमान मुकेश पंडितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले बताए ।
मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सुचना मोबाइल फोनबाट प्राप्त हुन साथ डीएसपी शाहीको नेतृत्वमा प्रहरी घटनास्थल तर्फ गएको थियो । मृतकको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।