Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसमले रुप फेर्दै, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसमले रुप फेर्दै, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

दैनिकी न्यूज

२१, जेठ २०७७
मौसमले रुप फेर्दै, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
images

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशैको सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को पहाडी भू–भाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भू–भाग समान्यतया मौसम सफा रहको छ ।

देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ २१ गते (बुधबार)

दिउँसोः  प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा  सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देश भरि  सामान्य बदली   रहनेछ ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ २२ गते (विहीबार)

दिउँसोः  प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ। 

जेठ २३ गते (शुक्रबार)

दिउँसोः  सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाँकी प्रदेशका भू-भागमा थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - ०७:२३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology