काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ।
हाल देशै भरी आशिंक बदली रहको महाशाखाले जनाएको छ ।
देशका प्रदेश १ लगायत बागमती प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का पहाडी भु–भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
जेठ २० गते (मंगलबार)
दिउँसोः पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २१ गते (बुधबार)
दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २१ गते (विहीबार)
दिउँसोः प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।