Logo

सोमवार, श्रावण २५ गते २०८३

images

थप १८ जनामा कोरोना पुष्टि

थप १८ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१८, जेठ २०७७
थप १८ जनामा कोरोना पुष्टि
images

काठमाडौं । नेपालमा आइतबार थप १८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गरेर दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा १९ वर्षदेखि १८ वर्षसम्मका पुरुषहरु संक्रमित भएका हुन्।

योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १२३ पुगेको मन्त्रालयले जनाएको छ।

 

k.jpg

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ११:३१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology