काठमाडौं, जेठ १५ । सरकारले ६ हजार स्वयम् सेवक शिक्षक परिचालन गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज अतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै विषयगत शिक्षकको अभाव टार्न ६ हजार स्वयम् सेवक शिक्षक परिचालन गर्ने बताएका छन् ।
सामुदायिक विद्यालयमा आगामी वर्ष ६ हजार स्वयम् सेवक शिक्षक परिचालन गर्नका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरिएको छ ।
कर्मचारीको भत्ता काटियो
सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको कारण कर्मचारीको भत्ता कटौती गरिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दे कर्मभारीको बिशेष भत्ता, बैठक भत्ता लगायतका सुविधा आउँदो साउनदेखि कटौती हुने बताए ।
अर्थमन्त्रीले सरकारले सार्वजनिक खर्च व्यापक रुपमा खटाइएको उल्लेख गरे ।