Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण

सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण

दैनिकी न्यूज

२१, चैत्र २०८१
सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
images

ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको हो ।

कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थबारे स्पष्ट पारेका थिए ।

उनले सूचना दिनु सुशासनको मुख्य कडी भएको भन्दै कुनै पनि बहानामा सूचना रोक्नु नहुनेमा जोड दिए । कुन सूचना दिन मिल्ने र कुन नमिल्ने भन्ने निर्क्यौल गर्ने काम कार्यालयको नभई सूचना आयोगको भएको उनले जानकारी गराए ।

सूचना अधिकारीलाई नै सूचना उपलब्ध नहुने अवस्थालाई अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउदै उनले जिम्मेवारी लिएपछि सूचना अधिकारी कार्यालयका सबैखाले सूचना संकलन गर्न सक्षम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सूचना अधिकारीहरुलाई आवश्यक साधन स्रोत उपलब्ध गराइएको दावी गरे । उनले स्वत प्रकाशन गर्नुपर्ने सूचनाहरु अनिवार्य रुपमा प्रकाशन भएको हुनुपर्ने र सेवाग्राहीले आवश्यक सूचनामा सहजै पहुँच पाउनुपर्नेमा जोड दिए ।

सूचना ब्यवस्थापनको अवस्था अनुगमन हुने जानकारी गराउँदै उनले कुनै पनि बहानामा कार्यालयहरुले यसलाई अवमूल्यन नगर्न निर्देशन समेत दिए ।

जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घिमिरेले जिल्लामा सूचना अधिकारीहरुको नियमित बैठक बसिरहेको र सूचना दिने विषयलाई प्रोत्साहित गरिएको प्रष्ट पारिन् ।

नियमित बैठकका अवसरमा प्रशिक्षक समेत उपलब्ध गराएको प्रति घिमिरेले नेपाल पत्रकार महासंघ ललितपुर शाखा र अध्यक्ष रामहरि कार्कीप्रति आभार प्रकट गरेकी थिइन् । यसले सूचनाको हक प्रवर्द्धनमा मद्दत मिल्ने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बिश्वास ब्यक्त गरिन ।

images
प्रकाशित मिति :चैत्र २१, २०८१ बिहिवार - ०७:०४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology