काठमाडौँ । एमालेसहित ६ राजनीतिक दलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीनिवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति जुटेको एक नेताले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको सहमति भएको उनले बताए ।
बैठक सकिएसँगै शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतलनिवासतर्फ जाँदैछन् । स्रोतका अनुसार १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।