ललितपुर । यसपटक स्थानीय तहको चुनाव आउन तीन दिनमात्रै बाँकी छ । यहि शिलशिलामा ललितपुर महानगरमा गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका बाबुराज बज्राचार्य उपमेयर बन्न कस्सिएका छन् । १२ वर्षको उमेरदेखि राजनीति र सामाजिक काममा लागेका उनले पाटन क्षेत्रका सम्पदा संरक्षणमा निकै महत्वपूर्ण भुमिका निभाउँदै आएका छन् । यहाँका संस्कृति सम्पदा संरक्षण र सामाजिक कार्यमा बज्रचार्यको अग्रणी भुमिका छ । उनै बज्राचार्यले यस अवसरमा आफूलाई जिताउन महानगरवासीलाई अनुरोध गरेका छन् ।
स्थानीयले आफ्नो नजिकको प्रतिनिधिका रुपमा आफूलाई रोजेमा पाँच वर्षमा आफूले अघि सारेका योजनासँगै स्थानीयसँग हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले अघि सारेका कैयौं योजनामध्ये केहिलाई हामीले यहाँ उल्लेख गरेका छन् । यी आधारमा पनि उनलाई भोट दिन आवश्यक छ ।
- पाटन क्षेत्रको रैथाने नेवारी संस्कृति र परम्परालाई जीवत राख्ने,
- मुर्त र अमुर्त सम्पदाको संरक्षण गरी तीनको प्रवद्र्धन गर्ने,
- महानगरभित्र एक घर एक धारा निर्माण गर्ने,
- पैसा दिने फोहोर किन्ने
- महानगरभित्र हस्तकला निर्माण गर्ने,
- अपांगता, वृद्धवृद्धा र अशक्त व्यक्तिलाई ध्यानमा राखि ‘डाक्टर इन डोर’ कार्यक्रम सञ्चालन गर्ने
- प्रविधिको प्रयोेग गरी फोहोरलाई डम्पिङसाइटबिना नै अर्गानिक मलको रुपमा प्रयोग सक्ने बनाउने,
- सुनाकोठी, हरिसिद्धि, खोकना, बुङमती र धापाखेललाई रिङरोड बाहिरको ऐतिहासिक क्षेत्र र पर्यटकीय क्षेत्रको रुपमा व्यवस्थित र विकास गर्ने,
- ललितपुर महानगरलाई ‘सफा सहर हाम्रो रहर’ का रुपमा चिनाउने,
- गम्भीर तथा अपरेशन गर्नुपर्ने रोगसम्बन्धीका विरामीलाई ५० प्रतिशत उपचार खर्च उपलब्ध गराउने,
- महानगरमा ‘एक महिला सञ्जाल, एक उत्पादन’का कार्यक्रम सञ्चालन गर्ने,
- महानगरभित्र विद्युतीय चुलो किन्दा ५० प्रतिशत छुट दिने,
- भाषा, कला, संस्कृतिमा लागेका जेष्ठ नागरिकलाई पेन्सनको व्यवस्था गर्ने,
- जेष्ठ नागरिक दिवा स्याहार केन्द्र निर्माण गर्ने,
- महानरभित्र उच्च शिक्षा लिनेलाई उचित छात्रवृति दिने,
- सार्वजनिक ठाउँको पहिचान गरि नयाँ पार्क थप्ने,
- महानगरको न्यायिक समितिलाई व्यवस्थित पार्ने र न्याय सम्पादनमा प्रभावकारी भुमिका खेल्ने,
- महानगरपालिकालाई धुवाँ र धुलोमुक्त बनाउने,