काठमाडौं । पेट्रोलियम व्यवसायीहरूले आजदेखि गर्ने भनिएको देशव्यापी आन्दोलन फिर्ता लिएपछि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने भएको छ ।
नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ ।
निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।
नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुशकुमार मल्लीका अनुसार आन्दोलनरत पक्ष निगमसँगको वार्ताबाट सकारात्मक निष्कर्ष आएकाले आन्दोलन फिर्ता भएको बताए ।