Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

दैनिकी न्यूज

२, चैत्र २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

यस संगै पेट्रोलको मुल्य प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको भाउ प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको भाउ भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५.३४ रुपैयाँ घाटा हुँदा पनि भाउ नबढाइएको निगमले जनाएको छ ।

साथै हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाले बढाएर प्रति लिटर १५१ रुपैयाँ कायम गरेको छ अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको भाउ प्रति किलोलिटर २०० डलरले बढाएर प्रति किलोलिटर १४९५ डलर कायम गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २१:३४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology