Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको मुद्दा पेसीमा चढ्यो

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको मुद्दा पेसीमा चढ्यो

दैनिकी न्यूज

१, फाल्गुण २०७८
एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको मुद्दा पेसीमा चढ्यो
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष के पी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा (एकीकृत समाजवादी) खारेज गर्न मागसहित हालेको रिट आइतवार पेशीमा चढेको छ।

एमालेले नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतवार यो मुद्दाको सुनुवाइ हुने भएको छ।

एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक स्थगित हुँदै आएको थियो।


रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो।

रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ११:१२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology