Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाली कांग्रेसले बनायो केन्द्रीय कार्यसम्पादन समिति

नेपाली कांग्रेसले बनायो केन्द्रीय कार्यसम्पादन समिति

दैनिकी न्यूज

१४, माघ २०७८
नेपाली कांग्रेसले बनायो केन्द्रीय कार्यसम्पादन समिति
images

काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।

आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा नाम प्रस्ताव गरेका थिए। बैठकले नाम अनुमोदन गरेको हो।

सभापति देउवासहित पदाधिकारी कार्यसम्पादन समितिमा पदेन सदस्य हुन्छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि पदेन सदस्य छन्।

कार्यसम्पादन समितिमा नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा सदस्य छन्।

साथै शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्य छन्।

कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ।

केन्द्रीय समिति सदस्य संख्या धेरै भएपछि कांग्रेसले कार्यसम्पादन समिति बनाएको हो।

कांग्रेसमा १३ जना पदाधिकारी छन् भने कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ। कार्यसम्पादन समितिमा प्रवक्ता पनि सदस्य हुन्छन् तर अहिले कांग्रेसले प्रवक्ता नियुक्त गरेको छैन।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - १६:३१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology