Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी

दैनिकी न्यूज

९, पौष २०७८
नेपाली कांग्रेस प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी
images

धनुषा । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

प्रदेश अधिवेशनका लागि कुल १९ सय ५१ मतदातामध्ये १८ सय ८१ जनाले मात्र मतदान गरेका थिए । सभापति पदका लागि भएको मतदानमा ३० मत बदर भएको छ । औपचारिक घोषणा हुन भने बाँकी छ। 

रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।

नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान भएको थियो ।

कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - ०७:१६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology