Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य

यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य

दैनिकी न्यूज

४, पौष २०७८
यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य
images

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको छ।

१४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

उता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २१:१६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology