ललितपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनको उपसभापति पदमा पुर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । खड्का सभापति शेरबहादुर देउवा पक्ष र गुरुङ अर्का सभापति उम्मेदवार शेखर कोइराला पक्षका हुन् ।
मंसिर २७ गते भएको मतदानको बुधबार बेकुका मतगणना भएको थियो ।
देउवा पक्षकै विजयकुमार गच्छदारलाई निकै झिनो मतले हराउँदै गुरुङले जितेका हुन् ।
कांग्रेसको निर्वाचन समितिका अनुसार खड्काले २१२१ मत ल्याउन सफल भए। धनराजले १९०८ मत ल्याएर विजयी भए। उपसभापतिमा विजयी खड्का हाल महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए।
गुरुङले गच्छदारलाई अन्तिममा ३ मतको झिनो मतले उछिन्दै उपसभापति पद पक्का गरेका हुन्। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत ल्याए।