Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेसको १२ पदाधिकारी सहितको मतगणना हुँदै

काङ्ग्रेसको १२ पदाधिकारी सहितको मतगणना हुँदै

दैनिकी न्यूज

२९, मंसिर २०७८
काङ्ग्रेसको १२ पदाधिकारी सहितको मतगणना हुँदै
images

ललितपुर । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै (बुधबार) बाट सुरु हुने भएको छ। बुधबार बिहान सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । निर्वाचन समितिले आजदेखी अन्य पदको मतगणना सुरु गरेर पुस ५ भित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ । मतगणना काङ्ग्रेस पार्टी कार्यालय सनेपामा हुनेछ । 

मतदान भएकै दिन मंसिर २७ गते नै सभापति बाहेकको मतपत्र भएको बाकस सानेपा लगिएको छ । 

काङ्ग्रेसमा अब २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३३ जना निर्वाचित हुनेछन्। यस्तै सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन्। दुई उपसभापतिका लागि ७, ८ महामन्त्रीका लागि ६ जनाको उमेदवारी परेको छ। केन्द्रीय सलस्यतर्फ भने प्रदेश २ बाट केन्द्रीय सदस्यका २ कोटामा भने २ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध हुनेछन्।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - ०८:०१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology