Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सभापतिमा देउवाले पाएनन् बहुमत, पुनः मतदान हुने

सभापतिमा देउवाले पाएनन् बहुमत, पुनः मतदान हुने

दैनिकी न्यूज

२८, मंसिर २०७८
सभापतिमा देउवाले पाएनन् बहुमत, पुनः मतदान हुने
images

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभागृहमा मतगणना भएको थियो।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा ५ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०९:१०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology