Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काङ्ग्रेस महाधिवेशन : सभापतिमा खस्यो सबैभन्दा बढी मत

काङ्ग्रेस महाधिवेशन : सभापतिमा खस्यो सबैभन्दा बढी मत

दैनिकी न्यूज

२७, मंसिर २०७८
काङ्ग्रेस महाधिवेशन : सभापतिमा खस्यो सबैभन्दा बढी मत
images

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि मतदान जारी छ । निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म सभापतिमा ४३ सय मत खसिसकेको छ । यस्तै अन्य पदमा भने ३६ सय मत खसेको छ । काङ्ग्रेसको नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । काङ्ग्रेसको बिहान ११:२३ देखि मतदान सुरु भएको हो । १४ औं महाधिवेशनमा कुल ४७ सय ४३ मतदाता रहेका छन् । अझै ५ सय मत सभापतिका लागि र अन्य पदका लागि ११ सय मत खस्न बाँकी छ । निर्वाचन समितिले मतदान गर्ने समय थप गरेर साढे १० बजेसम्म पुर्‍याएको छ । यसअघि ११:२३ मा सुरु भएको मतदानको समय बेलुकी ८ बजेसम्म पुर्‍याइएको थियो तर त्यो समयमा पनि मतदान नसकिएपछि समय बढाइएको निर्वाचन समितीका एक सदस्यले बताए ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २०:५५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology