Logo

सोमवार, श्रावण २५ गते २०८३

images

थापाले पठाए लिङदेनलाई पत्र, एकता जोगाउने भए...

थापाले पठाए लिङदेनलाई पत्र, एकता जोगाउने भए...

दैनिकी न्यूज

२७, मंसिर २०७८
थापाले पठाए लिङदेनलाई पत्र, एकता जोगाउने भए...
images

काठमाडौं । राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले मतदानका बेला पुर्वराजा ज्ञानेन्द्र शाहले गरेको हस्तक्षेप छानविन गर्न माग गरेका छन् । अध्यक्ष लिङ्देनलाई सोमबार पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस्,' थापाले लेखेका छन्, 'भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’  

अध्यक्ष लिङ्देनले आफ्नो मागअनुसार गरेमा राप्रपाको भविष्य सुनिश्चित रहने थापाले उल्लेख गरेका छन्। पार्टीको बृहत्तर हित र एकताको पक्षमा आफू मन वचन र कर्मले प्रतिवद्ध रहेको बताउँदै थापाले आफ्नो रगत-पसिना बगेको राप्रपाको माया र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेको पनि बताएका छन्।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २०:३१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology