Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेको महाधिवेशन प्रतिनिधि बढाइयो, थपिए तीन सय बढी

एमालेको महाधिवेशन प्रतिनिधि बढाइयो, थपिए तीन सय बढी

दैनिकी न्यूज

७, मंसिर २०७८
एमालेको महाधिवेशन प्रतिनिधि बढाइयो, थपिए तीन सय बढी
images

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार ३ सय २७ जना प्रतिनिधि हुनेछन् । यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो । सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । कूल सदस्यको ५ प्रतिशत मनोनित १ सय ३ जना गरी महाधिवेशनमा २ हजार ३ सय २७ जनाको प्रतिनिधित्व हुने जनाएका छन् । हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलवार - २१:५८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology