Logo

सोमवार, श्रावण २५ गते २०८३

images

फेरि बिग्रँदै मौसम, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा

फेरि बिग्रँदै मौसम, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा

दैनिकी न्यूज

५, कार्तिक २०७८
फेरि बिग्रँदै मौसम, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०५ गते (शुक्रबार)

दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने छ।प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०७८ कार्तिक ० गते (निबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०७८ कार्तिक ० गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । 

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती,  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - ०७:५१:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology