Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सत्य निरुपण र वेपत्ता आयोगबारे प्रचण्डले गरे खुलासा

सत्य निरुपण र वेपत्ता आयोगबारे प्रचण्डले गरे खुलासा

दैनिकी न्यूज

१४, आश्विन २०७८
सत्य निरुपण र वेपत्ता आयोगबारे प्रचण्डले गरे खुलासा
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजभोलि नै सरकार विस्तार हुने बताएका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधन गर्दै उनले सरकारलाई पुर्णता दिने समय भनेका हुन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए। 'हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत: आजभोलि नै टुंगिने छ', उनले भने, 'अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।' अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेसंग आफूहरुले जितेको दाबी गरे। 'हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौँ, त्यो पनि एउटा जनयुद्ध नै हो', उनले भने, 'हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। भिन्न रुपको जनयुद्ध नै हामीले जितेका थियौँ।' शान्ति प्रक्रियाको १५ वर्षपछि पनि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी प्रचण्डले गरेका छन्। 'शान्ति प्रक्रियापछिको १५ वर्षपछि उनीहरुले हामीलाई घेरा हालिरहेका छन्। घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौँ', उनले भने, 'हामी सरकारको साझा न्यूनतम् कार्यक्रममा कम्तीमा जनयुद्धका सहिदबारे ठोस निर्णय लिन्छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौँ।'

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - २२:००:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology