Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीले भने-अर्ली इलेक्सनमा जानुपर्छ

ओलीले भने-अर्ली इलेक्सनमा जानुपर्छ

दैनिकी न्यूज

१२, आश्विन २०७८
ओलीले भने-अर्ली इलेक्सनमा जानुपर्छ
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍‌ले काम गर्न नसकेकाले चुनावमा जानुपर्ने बताएका छन् । मंगलबार विभिन्न मिडियाका सम्पादकसँग एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले 'अर्ली इलेक्सन' मा जानुपर्नेमा जोड दिएका हुन् । उनले भने, 'संसद्‌ले काम गर्न सकेन, चुनावमा जानु पर्छ । साढे २ महिनामा पनि सरकारले पूर्णता पाउन नसक्ने अवस्था कसरी चल्छ ?', उनले भने, 'यस्तो अवस्था चिर्नलाई चुनावमा जानुपर्छ ।' ओलीले अबको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याएर एकल रुपमा सरकार चलाउने दाबी गरे । सरकारले एमाले फुटाउने कुत्सित मनसायका साथ अध्यादेश ल्याएको भन्दै असन्तुष्टि प्रकट गरे । 'मैले ल्याएको अध्यादेश ठीक थियो । अहिलेको गलत छ । म संसद्‌बाट राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशतको 'र' लाई 'वा' बनाउँछु । दल त्याग गर्ने संवैधानिक अधिकार पाउनुपर्छ । तर, अहिले २० प्रतिशत कुनै एकमा हुने गरी ल्याएको अध्यादेश एमालेलाई विभाजन गर्ने कुत्सित मनसायले थियो ।' प्रधानमन्त्री रहेका बेला ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । संसद्ले काम गर्न नसक्ने तर्क गर्दै प्रतिनिधिसभा विघटन गरेर उनले निर्वाचनको घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारका दुवै निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २१:४५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology