Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काङ्ग्रेस अधिवेशन : काठमाडौं र सिन्धुपाल्चोक रोकियो, ६४ जिल्लामा के होला ?

काङ्ग्रेस अधिवेशन : काठमाडौं र सिन्धुपाल्चोक रोकियो, ६४ जिल्लामा के होला ?

दैनिकी न्यूज

८, आश्विन २०७८
काङ्ग्रेस अधिवेशन : काठमाडौं र सिन्धुपाल्चोक रोकियो, ६४ जिल्लामा के होला ?
images

ललितपुर । नेपाली कांग्रेसको शनिबार तय भएको जिल्ला र नगरपालिका/ गाउँपालिका अधिवेशन अन्तर्गत काठमाडौं र सिन्धुपाल्चोकको रोकिएको छ । शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन गर्ने कार्यक्रम छ, तर, काठमाडौं र सिन्धुपाल्चोकमा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको हो। जिल्ला निर्वाचन समितिले काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा गर्ने मिति तोकेको छ । त्यस्तै, सिन्धुपाल्चोकमा भने अधिवेशन कहिले हुने भन्ने निश्चित छैन । निर्वाचन अधिकृत छविरमण निरौलाले शनिबारका लागि तोकिएको अधिवेशन प्राविधिक कारणले भन्दै अर्को मिति नतोकिएसम्मका लागि स्थगित भएको बताए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:३०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology