Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वामदेव गौतमले एमाले त्यागे, राष्ट्रिय सभा पद सुरक्षित

वामदेव गौतमले एमाले त्यागे, राष्ट्रिय सभा पद सुरक्षित

दैनिकी न्यूज

१८, भाद्र २०७८
वामदेव गौतमले एमाले त्यागे, राष्ट्रिय सभा पद सुरक्षित
images

ललितपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयनमा दुरुपयोग गरेको आरोप लगाउदै गौतमले शुक्रबार पार्टी त्यागेको घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रबार पार्टी कार्यालयमा बुझाएको राजीनामा पत्रमा गौतमले पटक-पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् ।

उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् । दुई–दुईपटक संविधानविपरीत प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए’, गौतमले भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिए । तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ पार्टीबाट राजिनामा दिएपनि गौतमको राष्ट्रिय सभा सदस्य पद भने कायम रहन्छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - २३:२४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology