Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने, आजै आचार्यको नाम मुख्यमन्त्रीमा सिफारिस गरिने

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने, आजै आचार्यको नाम मुख्यमन्त्रीमा सिफारिस गरिने

दैनिकी न्यूज

१०, भाद्र २०७८
प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिने, आजै आचार्यको नाम मुख्यमन्त्रीमा सिफारिस गरिने
images

काठमाडौं ।  नेकपा (एमाले) प्रदेश नं. १ संसदीय दलको बैठक आज बस्दै छ। आज संसदीय दलको बैठक बस्न लागेको एमाले स्रोतले बतायो। 

बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको जनाइएको छ। बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

आचार्यलाई आज नै  मुख्यमन्त्रीको शपथग्रहण गराउने सम्भावना रहेको स्रोतको भनाइ छ। मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन्। प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्। जसमध्ये एक जना सभामुख छन्। अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन्।

प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ जना सांसद छन्।

प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।  

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ०८:४६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology