Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवालाई पौडेलको टिप्पणीः सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्

देउवालाई पौडेलको टिप्पणीः सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्

दैनिकी न्यूज

२५, श्रावण २०७८
देउवालाई पौडेलको टिप्पणीः सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्
images

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रति संकेत गर्दै पौडेलले असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।’

पौडेलले वर्तमान नेतृत्वले कांग्रेस पार्टीलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । पौडेलले पार्टीलाई निरिह अवस्थामा पुर्‍याउने नेतृत्वको चरम असफलता र लापरबाही यो भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् । पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - ०८:०९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology