काठमाडौं । सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।
लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका शेरचन माओवादी केन्द्र र गण्डकी प्रदेश प्रमुख गुरुङ कांग्रेसको कोटामा नियुक्त भएका हुन् ।
यसअघि गण्डकी प्रदेश प्रमुख रहेका शेरचनलाई केपी ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो ।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।