काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
उनीहरूबीच मन्त्रिपरिषद बिस्तार, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रमलगायत विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ।
देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री मात्रै छन्।