Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी चार मन्त्रीले दिनेछन् देउवालाई साथ, साउन ३ पछि थपिनेछन २० मन्त्री

यी चार मन्त्रीले दिनेछन् देउवालाई साथ, साउन ३ पछि थपिनेछन २० मन्त्री

दैनिकी न्यूज

२९, आषाढ २०७८
यी चार मन्त्रीले दिनेछन् देउवालाई साथ, साउन ३ पछि थपिनेछन २० मन्त्री
images

काठमाडौं । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् । साउन ३ पछि देउवा सरकारले पुर्ण आकार लिनेछ । जनता समाजवादी पार्टी (जसपा) बाट, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि मन्त्री थपिनेछन । एमालेको माधवकुमार नेपाल पक्षलाई समेत समेट्ने प्रयासमा देउवा छन् ।

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - २२:५२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology