Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्रीमा देउवाले शपथ लिए

प्रधानमन्त्रीमा देउवाले शपथ लिए

दैनिकी न्यूज

२९, आषाढ २०७८
प्रधानमन्त्रीमा देउवाले शपथ लिए
images

काठमाडौँ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा देउवालाई प्रधानमन्त्री पदको शपथ गराएकी हुन्।

साँझ ६ बजे नै सपथ गराउने तय भएपनि नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ लिन अस्वीकार गरेका थिए।

प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । झन्डै दुई घन्टाको विवादपछि नियुक्तिपत्रमा सर्वोच्च अदालतको परमादेश र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो ।

बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरे पनि गत जेठ ७ गते राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइनन्। उनले दाबी खारेज गरेपछि सर्वोच्चमा रिट दायर गरेका देउवालाई सोमबार सर्वोच्चले प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेको थियो।

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - २०:५१:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology